Nepal Times
Nepal Times
3
Shares

दाङबाट लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ

दाङबाट लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ

२४ फागुन, दाङ । दाङमा प्रहरीले लेनदेन र रुख कटान मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेनदेन मुद्दाका लमही नगरपालिका–५ का ५० वर्षीय जीवन थापा मगर र रुख कटान मुद्दाका लमही नगरपालिका–९ का ३३ वर्षीय प्रमोद विक रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई देउखुरी जिल्ला अदालतले दुई वर्ष र रुख कटानमा मुद्दामा दोषी ठहर विकलाई ९ दिनको जेल सजायको फैसला गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.