Nepal Times
Nepal Times
3
Shares

तनहुँको व्यासमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ

तनहुँको व्यासमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ

२४ फगुन, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भइ व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भइ व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास–५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई दमौली बजारबाट हिजो पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ।

आइतवार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापालाई कुटपिट गरेका थिए ।

उनीहरुले ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइट फुटाएका थिए । घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु ७२ प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.