नेपाल टाईम्सकर्मी रञ्जीतालाई पत्रकारिता पुरस्कार

२४ फागुन ७८, मंगलबार
Share this
753shares

२४ फागुन, विराटनगर । नेपाल टाईम्सकर्मी रञ्जीता पोखरेल शिशु सेवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।

Advertisement

झण्डै चार दशकदेखि सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको शिशु सेवा समिति विराटनगरले आफ्नो ३८ औं वार्षिकोत्सवका अवसरमा पत्रकारिता पुरस्कारबाट विराटनगरमा विगत एक दशकदेखि पत्रकारिता गर्दै आएकी पत्रकार पोखरेललाई पुरस्कृत गरेको हो ।

समाजसेवी तथा समितिकी संस्थापक स्वर्गीय शान्ता पोखरेलको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा समितिले पत्रकार पोखरेलसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

Advertisement

सो अवसरमा शान्ता राष्ट्रिय उत्कृष्ट वाल पुरस्कार २०७८ बाट ११ वर्षिय प्रथम द भ्वाइस किड्स विजेता गायक जेनिस उप्रेती, तीर्थप्रसाद रानू स्मृति संगीत पुरस्कार २०७८बाट भानु कला केन्द्रकी सञ्चालक तथा कलाकार माया पौडेल सम्मानित भएका छन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, संस्थाका संयोजक प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकार दधिराज सुवेदीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा उपकुलपति प्रा. डा. कोइरालाले विराटनगरमा रहेर शिशु सेवा समितिले समाजसेवाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।

पछिल्लो समय ज्येष्ठ नागरिकहरु मात्रै सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल भएको भन्दै उनले अब युवा तथा अन्य पेशामा रहेकाहरुले पनि सामाजिक कार्यमा योगदान गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा अग्रज साहित्यकार सुवेदी तथा प्रा. न्यौपानेले समितिकी संस्थापक स्वर्गीय शान्ता पोखरेलको योगदानको चर्चा गर्दै सामाजिक क्षेत्रमा योगदान पुर्याएकाहरुलाई समाज तथा राष्ट्रले पहिचान गर्नुपर्ने तथा उनीहरुको योगदानको कदर र सम्मान गरिनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top