रुसले युक्रेनमा ‘रासायनिक वा जैविक’ अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाको दाबी

२६ फागुन, एजेन्सी । रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ ।

यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।

Advertisement

रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको छ । रासायनिक अस्त्र प्रयोगलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रतिबन्ध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top