दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध ठगी मुद्दा परेपछि पक्राउ पुर्जी जारी

२७ फागुन, दाङ । दाङको तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए।

Advertisement

पाण्डेविरुद्ध घोराही उपमहानगरका वडा नम्बर–१५ भरतपुरका व्यवसायी तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गेहेन्द्र बस्नेत एक्लैले एक करोड ४४ लाख ठगी गरेको भन्दै गएको माघमा नै जिल्ला प्रहरी कार्यालय घोराही दाङमा उजुरी दिएका थिए ।

त्यस्तै थप १६ जनाले जिल्ला प्रशासन कार्यालयमा पाण्डेविरूद्ध ठगी मुद्दा दिएका छन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले माघ १४ गतेसम्म १६ जनाले अनुप पाण्डेविरूद्ध ४ करोड ४५ लाख ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी दिए ।

पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएको भए पनि एमाले नेता तथा व्यवसायी बस्नेतको जाहेरीका आधारमा जिल्ला अदालतले पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top