×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राखेपको मुद्दाको सुनुवाई आइतबार सर्वोच्चको पेशीमा नचढी स्थगित

२९ फाल्गुन २०७८

२९ फागुन, काठमाडौँ । रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवबाट आफ्नो बर्खास्ती र नयाँ नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ आइतबार पेशीमा नचढी स्थगित भएको छ ।

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको सूचना अनुसार सिलवालले दायर गरेको रिटको पेशी स्थगित भएको छ ।

Advertisement
Advertisement

पछिल्लो एक महिनायता हरेक साता पेशी तोकिए पनि कतिपय अवस्थामा हेर्न नभ्याइने र कतिपय अवस्थामा हेर्न नमिल्ने भन्दै रिटको सनुवाइ भएको छैन ।

सिलवालले गत कात्तिक २८ गते आफ्नो बर्खास्ती र मंसीर २१ गते नयाँ नियुक्तिबारे मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

दुवै रिटमा प्ररम्भिक सुनुवाइ गरी सर्वोच्चले मंसीर ३० गते सबै पक्षसँग बृहत छलफलपछि निर्णय गर्नुपर्नेु देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी पुस १२ गतेका लागि पेशी तोकेको थियो ।

कोरोना महामारीको तेस्रो लहर सुरु भएको त्यो समयमा सर्वोच्चले हरेक इजलासमा सीमित मुद्दामात्र हेरिने व्यवस्था गर्दा राखेप सदस्यसचिवको मुद्दा हेर्न नभ्याइनेमा रहेको थियो । माघ २५ गतेयता हरेक साता पेशी तोकिए पनि सुनुवाइ सुरु भएको छैन ।

खेलकुद मन्त्रालयले राखेपका कर्मचारी कुलबहादुर थापालाई निमित्त सदस्यसचिवका रुपमा जिम्मेवारी दिएपछि यो रिट सर्वोच्चको प्राथमिकताबाट पनि हट्दै गएको छ । फागुन ४ गते थापाले निमित्तको जिम्मेवारी पाएपछि राखेपको आर्थिक र प्रशासनिक बाधा अड्काउ फुकेको छ ।

मन्त्रिपरिषदले कात्तिक १ गते राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई वर्खास्त गरी मंसीर १२ गते टंकलाल घिसिङलाई खुल्ला प्रतिस्पर्धात्मक विधिबाट नयाँ नियुक्ति दिएको थियो ।

मंसिर ३० गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै रिटमाथि प्रारम्भिक सुनुवाइ गरी दिएको अल्पकालीन अन्तरिम आदेशमा दुवै सदस्यसचिवले काम गर्न नपाउने तोकिएपछि राखेप दुई महिनाभन्दा बढी समय कार्यकारीविहीन भएको थियो ।

Advertisement

नवौं राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको तयारीमा बाधा भएको र कर्मचारीले तलवसमेत पाउन समस्या भएको भन्दै खेलाडी र कर्मचारी आन्दोलनमा उत्रिएपछि खेलकुद मन्त्रालयले राखेप कर्मचारीलाई निमित्त जिम्मेबारी दिएको हो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top