सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घट्यो

२ चैत, काठमाडौँ । सुनको भाउ आज पनि घटेको छ । हिजो एकै दिन १८ सय रुपैयाँले घटेको सुनको भाउ आज १२ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य घटेको र लगानीकर्ताले पनि भाउ बढेको मौकामा बिक्री गर्न थालेकाले भाउ घट्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनकाअनुसार अहिलेको बजार भाउलाई हेर्दा सुनको भाउ फेरि केही घट्ने देखिएको छ ।

गएको बुधबार सुनको भाउ अहिलेसम्म कै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ३५ रुपैयाँले घटेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.