×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पारस खड्का प्रिमियर स्टीलको ’ब्रान्ड एम्बेसेडर‘

२ चैत्र २०७८

२ चैत, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का प्रिमियर स्टीलको ब्रान्ड एम्बेसेडर बनेका छन् ।

मंगलबार विराटनगरमा एक कार्यक्रम आयोजना गर्दै खड्कालाई प्रिमियर स्टील प्रा. लि.ले ब्रान्ड एम्बेसेडरको रूपमा स्वागत गरेको हो ।

Advertisement
Advertisement

संचालकहरु पवन सारडा, अनुपम राठी, प्रदीप सारडा, अभिजित सिंहलगायतले खड्कालाई एम्बेसेडर घोषणा गर्दै स्वागत गरेका हुन् ।

प्रिमियर स्टील नेपालमा स्टील उत्पादन गर्ने ठूलो कम्पनी मध्येको एक हो । पूर्वाञ्चलको पहिलो र सबैभन्दा धेरै उत्पादन क्षमता भएको यो उद्योग स्टील उद्योगको रुपमा ४० वर्षअघिदेखि संचालिता छ ।

सारडा र राठी ग्रुप अन्तर्गत रहेको उद्योगले आम उपभोक्तासंगै ठूला विकास पूर्वाधार, जलविद्युत, विदेशी परियोजनाहरु लगायतका लागि स्टील उत्पादन गर्दै आएको छ । प्रिमियर स्टीलका उत्पादनहरु गुणस्तरीय रहेको संचालकको दाबी छ ।

प्रदेश एकको सुनसरीको दुहवीमा उद्योगको कारखाना रहेको छ । जहाँ एकै छानामुनि ८ एमएमदेखि ४० एमएससम्मका विभिन्न साइजका अटोमेटेट टीएमटी बार उत्पादन हुदै आएको छ ।

गणुस्तरीय उत्पादनको लक्ष्य लिएर प्रिमियर स्टीलले देशभर ५०० वटा रिटेल आउटलेटहरू खोल्न सफल भएको छ । उद्योगले जापानीज प्रविधिमा उत्पादन गर्दै आएको छ ।

कच्चा पदार्थदेखि बजार पठाउन तयार पारिउन्जेलसम्म हरेक प्रक्रियामा क्वालिटी जाचिने गरिएको अर्का संचालक अभिजित सिंह बताउँछन् ।

प्रिमियर स्टीलको ब्रान्ड एम्बेसेडर बनेसँगै पूर्व कप्तान खड्काले आगामी दिनमा प्रिमियर स्टील उद्योग थप उचाईमा पुग्ने आफूले विश्वास लिएको बताएका छन् ।

जसरी नेपाली क्रिकेटले आज विश्वमा आफ्नो पहिचान बढाउँदै छ त्यसैगरी नेपाली उद्योग र उत्पादनहरुको देश चिनाउन निकै योगदान रहने खड्काले बताए ।

Advertisement

पारस खड्काको साथमा उद्योगले आफ्नो यात्रामा अर्को महत्वपर्णू कदम चालेको संचालकहरुले बताएका छन् । पारस खड्काले प्रिमियर स्टिलका सबै नयाँ दायराका उत्पादनहरूमा केन्द्रित नयाँ अभियानको अगुवाइ गर्ने बताइएको छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top