×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने

३ चैत्र २०७८

३ चैत, एजेन्सी । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ ।

Advertisement
Advertisement

सैन्य सहायताको निर्णयमा संलग्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दाबी गरेअनुसार स्विचब्लेड–३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्ने छ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने समाचारमा उल्लेख छ ।

बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए । सम्बोधनपछि अमेरिकी सांसदहरुले उठेर जेलेन्सीप्रति सम्मान व्यक्त गरेका थिए ।

त्यसलगत्तै अमेरिकाले मिसाइल लगायका सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने चर्चा सुरु भएको थियो ।

जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए । यसका साथै अमेरिकाको युक्रेनमा सैन्य सहयोगको राशी बढेर एक अर्ब डलर पुगेको बीबीसीले जनाएको छ ।

युक्रेनमा रुसले आक्रमण थालेपछि अमेरिकाले त्यसको विरोध गर्दै प्रतिबन्ध घोषणा गरेको छ । बुधबार मात्रै पत्रकारहरुसँगको भेटमा बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए । उनको यो अभिव्यक्तिको रुसले अस्वीकार्य र अक्षम्य भनेर आलोचना गरेको छ ।

अमेरिकाले युक्रेनलाई गरेको थप सैन्य सहयोग र अमेरिकी राष्ट्रपति बाइडनको पछिल्लो अभिव्यक्तिले रुस–युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top