५ चैत्र, एजेन्सी ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः तीव्र हुँदै गएपछि चीनमा अस्थायी क्वारेन्टिन निर्माण गर्न थालिएको छ।
चीनको जिलिन प्रान्तको जिलिन सहरमा निर्माण भइरहेको ६ हजार बेड क्षमताको क्वारेन्टिनमा कन्ट्याक्ट ट्रेसिङबाट पोजिटिभ भएकाहरुलाई राखिने बताइएको छ।
संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अहिले चीनका विभिन्न प्रान्तहरुमा लकडाउन गरिएको छ। अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक यातायात, व्यवसाय बन्द गरिएका छन्।
सन् २०२० यता कोरोना भाइरस संक्रमणमा शून्य नीति अपनाएको चीनमा गएको सोमबार १ हजार ४३७ र मंगलबार ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै चीनको प्रमुख व्यापारिक सहर सांघाईमा समेत संक्रमित भेटिएका छन्।
