भारतमा जापानले ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने

६ चैत्र, एजेन्सी ।
जापानले आउने पाँच वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।

भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमिओ कासिदाले शनिबार जापानको नयाँ लगानीबारे जानकारी दिएका हुन्।

समाचार संस्था एएफपीका अनुसार पद सम्हालेपछि पहिलो पटक भारत भ्रमणमा आएका कासिदाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्ता गरेका थिए।

वार्ताका क्रममा आर्थिक सहायतादेखि चीन–भारत सीमाको अवस्था र युक्रेनमाथि रूसले गरेको आक्रमणसम्मका विषयमा कुराकानी भएको थियो।

जापानले रूसी आक्रमणको विरोध गर्दै आएको छ भने भारत अहिलेसम्म यसबारे मौन बसेको छ। प्रधानमन्त्री कासिदाले कुराकानीको क्रममा आफूले मोदीलाई रूसको यो एक पक्षीय आक्रमणलाई स्वीकार गर्न नहुने बताएको जानकारी दिएका छन्।

जापानले लामो समयदेखि भारतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। नयाँ लगानीले भारतका शहरी पूर्वाधारदेखि हरित उर्जासम्म विभिन्न उद्योगहरूलाई फाइदा पुग्ने कासिदाले बताए।

यी दुई मुलुकबीच सन् २०१९–२०२० मा झन्डै १२ अर्ब डलर बराबरको व्यापार भएको थियो। त्यसमा भारतले झन्डै ८ अर्ब डलरको सामान आयात गरेको थियो भने चार अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाका अनुसार भारत र जापानले यसअघि सन् २०१४ देखि २०१९ सम्म २९ अर्ब डलरको लगानी लक्ष्य पूरा गरिसकेको बताए।

जापानले मुम्बई–अहेमदावाद बुलेट रेल बनाउन पनि लगानी गर्ने भएको छ। महाराष्ट्रमा जग्गा अधिग्रहणको समस्या भएपछि उक्त परियोजना अघि बढ्न सकेको छैन।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top