×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुम्लाका लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य

६ चैत्र २०७८

६ चैत्र, हुम्ला ।
हुम्लाको नाम्खा गाउँपालिकाका लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्।

चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन् ।

Advertisement
Advertisement

झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ, हल्जी र तिल गरी ३ गाउँ छन् । गाउँ भेलाबाट वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । गत मंसिरमा लिमीमा खाद्यान्न अभाव हुँदा वडाध्यक्ष तामाङले काठमाडौं पुगी खाद्यान्न अभावको समस्या समाधान गरेका थिए ।

आलु र उवा मात्रै उत्पादन हुने लिमीमा बर्सेनि खाद्यान्न अभाव हुन्छ । तामाङको काम कारबाही सन्तोषजनक भएकाले फेरि उनैलाई वडाध्यक्ष तोकिएको स्थानीय डिचिन तामाङले बताइन् । सदस्यहरूमा हल्जीबाट छिरिङटुङडुप तामाङ, जाङबाट पुटी तामाङ र तिलबाट टुङडुप लामा चयन भएका छन् । उनीहरू सबै नयाँ हुन् ।

लिमीका सबै घरबाट एक–एक जना उपस्थित गराएर बैठक डाकिएको स्थानीय गिरमेत तामाङले बताए । उनका अनुसार २०७४ को स्थानीय तह निर्वाचनअघि पनि यसरी नै जनप्रतिनिधि चुनिएको थियो । स्थानीयले अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् ।

Advertisement

भारी हिमपात भएका कारण यो वर्ष लिमीका बासिन्दाको नामावली संकलन नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले १७ मंसिरदेखि ९ पुससम्म नामावली संकलन गरेको थियो । ‘कार्यक्रम हुँदा लिमीमा भारी हिमपात भएको थियो, त्यसैले मतदाता नामावली अद्यावधिक गर्न सकिएन,’ जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले भने ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top