रुपन्देहीमा माओवादीका नेतासहित ३८ जना राप्रपा प्रवेश

६ चैत ७८, सोमबार

७ चैत्र, रुपन्देही ।
रुपन्देहीमा नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्यसहित ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

Advertisement

माओवादी केन्द्र जिल्ला कमिटी सदस्य कर्णबहादुर विक, ओमसतिया गाउँपालिका–१ का वाइसिएल अध्यक्ष गणेश ठाकुरसहित विभिन्न पार्टी परित्याग गरी ओमसतियाबाट २६ तथा अन्य क्षेत्रबाट १२ गरी ३८ जना राप्रपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा, जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले संयुक्त रुपमा पार्टीको सदस्यतासहित स्वागत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top