×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : १६ किलोमिटर पाइप बिछ्याइयो

३१ श्रावण २०७५

विराटनगर,साउन ३१
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत १६ किलोमिटर पाईप बिछ्याईएको छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको ८० मध्ये १६ किलोमिटर पाइप बिछ्याइएको हो ।

काम सुरु भएको ३० महिनामा पुरा गर्ने लक्ष्य लिईएको यस परियोजनाको अहिले स्थानीय अवरोध नभएका स्थानमा पाइप बिछ्याउने काम भइरहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पथलैयादेखि जितपुर, जितपुरदेखि परवानीपुरसम्म र वीरगन्जको बाइपास क्षेत्रमा पाइपलाइन विछ्याइएको छ । सिमराको तौल मेसिनदेखि अमलेखगन्जतर्फको खण्डमा पनि चाँडै काम सुरु गरिने गोइतले बताए । उक्त कामको लक्ष्य अनुसार प्रगती छिटो भएको आयल निगमको दाबी छ ।

Advertisement
Advertisement

पाइपलाइन रुटको केही भाग पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परेकाले स्वीकृति लिएर काम सुरु गर्न लागिएको जनाईएको छ । गत फागुन २५ गतेबाट सुरु भएको पाइपलाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरिरहेको छ भने भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको जनाईएको छ ।

Advertisement

नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ र नेपालको १ अर्ब २० करोड रुपैयाँ लगानी हुनेछ ।पाइपलाइन विस्तारको काम पूरा भएपछि मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्नेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुुई देशबीच सम्झौता भएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top