ग्रीन भेन्चरले आजबाट सर्वसाधारणलाई सेयर जारी गर्दै, चैत २२ गतेसम्म आवेदन दिन सकिने

८ चैत ७८, मंगलबार
Share this
719shares

८ चैत्र, विराटनगर ।
ग्रीन भेन्चर लिमिटेडले आज चैत ८ गतेबाट सर्वसाधारणलाई सेयर जारी गर्दै छ।

Advertisement

कम्पनीको सेयरमा चैत २२ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसको ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीले पाउने छन्। उनीहरुले ९३ हजार ७५० कित्ता पाउने छन्।

यसपछि ५ प्रतिशत अर्थात १ लाख ५३ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुले पाउने छन्। बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणको दावी हुने छ।

Advertisement

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ५२.४ मेगावाट क्षमताको परियोजना बनाइरहेको छ। यसको अनुमानित लागत प्रति मेगावाट २३ करोड ५ लाख रुपैयाँ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top