×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

विश्व नेतृत्वका लागि चीनको पालो

८ चैत्र २०७८

८ चैत्र, स्टेफान एस. रोयच ।
विगत ४० वर्षमा विश्वव्यापीकरणको फाइदा अन्य देशको तुलनामा चीनले अत्यधिक लिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको डरलाग्दो आक्रमण हाल जारी रहेको सन्दर्भमा शान्ति र मानवताको पक्षमा उभिएर विश्वव्यापी नेतृत्व प्रदर्शन गर्ने अपूर्व र अत्यावश्यक अवसर चीनले पाएको छ। युक्रेन युद्धले विश्वलाई अस्तित्वको संकटसँग जुध्न बाध्य पारेको छ। बीसौँ शताब्दीमा भएका भयानक विश्वयुद्धले सिकाएको पाठ अहिलेका विश्व नेताले बिर्सिएका छन्।

Advertisement
Advertisement

शितयुद्धले दिएको शान्तिको लाभांश हराएको छ। अमेरिका र रुसी फेडेरेसन जस्ता महाशक्ति राष्ट्र कल्पनै गर्न नसकिने स्तरको सैन्य टकरावको स्थितिमा आइपुगेका छन्। द्वन्द्वको बढोत्तरीसँगै यो युद्ध कठोर र आणविक युद्धको चरणसम्म पुग्न सक्ने जोखिम देखिन्छ।

चीन अहिले रुसले युक्रेनमाथि गरेको बर्बर आक्रमण अन्त गर्न सक्ने विशेष अवस्थामा छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रसहित राष्ट्रिय कायाकल्प गर्ने चीनका राष्ट्रपति सि चिन फिङले परिकल्पना गरेको विश्वव्यापी नेतृत्वको चाहना पूरा गर्ने समय यही हो। चीनले आफ्ना आधारभूत मान्यतामा टेकेर रुस–युक्रेन युद्धमा शान्तिदूतको भूमिका निर्वाह गर्न सक्छ। यो भूमिकाले चीनलाई दुईवटा महत्वपूर्ण फाइदा हुनेछ।

पहिलो फाइदा भनेको के हो भने यो भूमिका निर्वाह गर्दा सन् १९५० ताका चाउ एनलाई नेतृत्वले अवलम्बन गरेको शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तअनुरूप चीन अगाडि बढ्न सक्छ। यी पाँच सिद्धान्तमा अन्य मुलुकको सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डतामा आपसी सम्मान, अनाक्रमण तथा अहस्तक्षेप रहेका छन्। युक्रेनमाथि रुसी राष्ट्रपति पुटिनले गरेको आक्रमण यी आधारभूत मूल्यरमान्यताप्रतिको प्रष्ट उल्लंघन हो।

अहिलेको विवाद एकपक्षीय आक्रमणका लागि रुसी तर्क र नाटोको विस्तारसँग सम्बन्धित छैन, युक्रेन आक्रमणले विश्व शान्तिमा निम्त्याउने जोखिम सबैभन्दा महत्वपूर्ण पक्ष हो। यसरी चीनले प्रतिपादन गरेको सिद्धान्तले वर्तमान विवादलाई हेर्ने स्पष्ट दृष्टिकोण दिन्छ।

दोस्रो, रुससँग साझेदारी विकास गर्दा चीनलाई तुलनात्मक फाइदा छ। गत फेब्रुअरी ४ मा बेइजिङमा हिउँदे ओलम्पिकको उद्घाटन गर्ने कार्यक्रममा चीन पुगेका पुटिनले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ युग स्थापनाको प्रतिबद्धतासहित चीनसँग बृहत् सम्झौता गरेका छन्। सो अवसरमा बोल्दै दुई देशबीचको सम्बन्धका कुनै सीमा नभएको बताउँदै दुवै नेताले दुई शक्तिले आपसी सहयोग र अहस्तक्षेपलाई जोड दिएका थिए। युक्रेन युद्धले यो प्रतिबद्धतालाई सतहमा ल्याएको छ।

आक्रमणपछि विश्वबाट अलग भएको रुसको अर्थतन्त्र अत्यन्त तीव्रताका साथ कमजोर हुँदै गएको छ। यतिबेला रुसलाई चीनसँग रहेको असीमित अन्तरर्निभरताको महत्व झन् बढेको छ। बेल्जियम र नेदरल्यान्डको कुल अर्थतन्त्र भन्दा रुसको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ठूलो छैन। यही कारण आशा गरेअनुसार चिनिया सैन्य सहयोग प्राप्त भएको अवस्थामा पनि रुसले युद्ध जारी राख्न सक्ने अवस्था छैन।

यही साझेदारी र मान्यताका आधारमा चीनले युक्रेन युद्ध रोक्न सक्ने विशेष अवसर पाएको छ। यो चीन आफैँले आन्तरिकरूपमा हेर्ने अवसर पनि हो। सँगसँगै यो विश्वले चीनलाई नजिकबाट हेर्ने अवसर पनि हो। विश्व इतिहासमा यस्तो निर्णायक घडी दुर्लभ हिसाबले आउँछन्। प्रमुख ३ विषयमा नेतृत्व लिएर यो अवसरलाई चीनले प्रयोग गर्नुपर्छ।

पहिलो विषय भनेको राष्ट्रपति सिले जि–२० देशको आपत्कालीन बैठक आह्वान गर्नुपर्छ। यो बैठकले तत्काल र विनाशर्त युद्ध विराम गर्र्ने र शान्तिवार्ताको अजेन्डा तय गर्नुपर्छ। संकटका बेला विश्वव्यापी कार्यका लागि जि–२० समूहको भूमिका स्थापित छ। सन् २००८ को विश्वव्यापी वित्तीय संकट सम्बोधन गर्न प्रमुख अर्थतन्त्र भएका देशको संयोजनकारी भूमिका महत्वपूर्ण थियो। चीन र रुस दुवै जि–२० समूह सदस्य रहेकाले त्यस्तै प्रकारको भूमिका अहिले पनि निर्वाह गर्न सकिन्छ।

दोस्रो, चीनले मानवीय सहायताका लागि योगदानमा पनि नेतृत्व लिनुपर्छ। युक्रेन युद्धका कारण शरणार्थी बनेका ३० लाखमध्ये आधाजसो बालबालिका भएकाले शरणार्थीलाई स्वागत गर्ने छिमेकी मुलुकलाई तत्काल सहयोग आवश्यक छ। शरणार्थीको संख्या कम्तीमा ४० लाखसम्म पुग्ने कतिपयले आकलन गरेका छन्।

बालबालिकालाई सहयोग पुर्‍याउँदै आएको संयुक्त राष्ट्र संघीय निकाय–युनिसेफलाई चीनले विनासर्त अनुदान उपलब्ध गराउनुपर्छ। युद्धका निर्दोष पीडितलाई विश्वले गरेको सहयोगको अनुपातमा चीनले पनि यस प्रकारको सहयोग उपलब्ध गराउनुपर्छ।

तेस्रो, चीनले युक्रेनको पुनर्निर्माणमा नेतृत्व लिनुपर्दछ। रुसी बमबारीले ठूलो स्तरमा युक्रेनका सहरी संरचना नष्ट भएका छन्। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)का अनुसार यो युद्धका कारण एक सय अर्ब अमेरिकी डलर बराबरको हानि–नोक्सानी भैसकेको छ र यो आगामी दिन र सातामा झन् बढ्नेछ।

प्रतिव्यक्ति आयका हिसाबमा सन् २०२० मा विश्वको १२०औँ राष्ट्र रहेको युक्रेनका लागि पुनर्निर्माण अत्यन्त आवश्यक तर बोझिलो कार्य हो। द्वन्द्वपश्चातको पुनर्निर्माण अभियानमा आधुनिक भौतिक संरचना निर्माणमा चीनले युक्रेनलाई सहयोग गर्न आवश्यक छ। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा युक्रेन सन् २०१७ देखि आबद्ध छ।

यसैगरी सहायताका अन्य उपायसँगसँगै चीनको नेतृत्वमा रहेको एसियन इन्फ्रास्टक्चर इनभेस्ट बैंकले पनि युक्रेनलाई सहयोग पुर्‍याउन सक्छ। दोस्रो विश्व युद्धपश्चात युरोपेली पुनर्निर्माणको मार्सल प्लानमा अमेरिकाको नेतृत्वदायी भूमिका थियो। यही हिसाबमा चीनले युक्रेनलाई सहयोग गर्न सक्छ।

त्यसो त, रुस र युक्रेनबीचको युद्धलाई अभिप्रेरित गर्ने आधारभूत कारणलाई सम्बोधन गर्न चीन एक्लैले सक्दैन। तर द्वन्द्व व्यवश्थापनका लागि आवश्यक संरचना र प्रतिबद्धता निर्माणमा चीनले महत्वपूर्ण भूमिका खेल्न सक्छ। युद्ध सुरु भएपछि पश्चिमा मुलुकले लगाएको प्रतिबन्धले पार्ने प्रभाव भन्दा चिनिया राष्ट्रपति सि र पुटिनबीच हालै सम्पन्न नयाँ साझेदारी सम्झौताको प्रभाव बढी हुन सक्ने देखिन्छ। यसैगरी शान्तिपूर्ण सहअस्तित्वका पाँच मूलभूत सिद्धान्तले पनि वर्तमान संकटलाई सम्बोधन गर्न चीनलाई सहयोग पुर्‍याउँछन्।

विगत ४० वर्षमा विश्वव्यापीकरणको फाइदा अन्य देशको तुलनामा चीनले अत्यधिक लिएको छ। यी फाइदाले दुवैतर्फ सहयोग गर्न सक्छन्। युक्रेनमा जारी आक्रमणका कारण विश्व रसातलको नजिक पुग्न लागेको वर्तमान सन्दर्भमा चीनले विश्वव्यापी नेतृत्वका लागि अत्यावश्क र अपूर्व अवसर पाएको छ। सिको चिनिया सपना र समग्र मानव समुदायले देखेको सपना अहिले खतरामा छ। हामीलाई विश्वव्यापीकरण, विश्व शान्ति र मानवताको पक्षमा उभिने नेताको खाँचो छ।

Advertisement
Advertisement

(स्टेफान एस. रोयच येल विश्वविद्यालय, पाउल डे ग्राउ लन्डन स्कुल इकोनोमिक्स, सरगाइ गुरिइभ साइसेन्स पो विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक र अड अमे वेस्टार्ड येल विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन्।)

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top