×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

जनप्रतिनिधिको मर्यादा राख्नुस्– प्रधानमन्त्री

३१ श्रावण २०७५

काठमाडौँ,साउन ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उनले सो विषयमा चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो धेरै आएकाले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।“कतिपय ठाउँमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले महङ्गा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक निर्माणमा ठेक्का आफैँ लिएका गुनासा आएका छन्”, उनले भने, “तपाईंहरु जनप्रतिनिधि हो, त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस्, जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस् ।”

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले कतिपय सुविधा कानूनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न आग्रह गर्दै राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराए ।“त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न सक्नुपर्छ,” उनले भने,“ देश निर्माणको ठूलो जिम्मेवारी गाउँपालिकाका जनप्रतिनिधिको काँधमा आइपुगेको छ ।”

प्रधानमन्त्री ओलीले दुर्गम ठाउँमा साधन स्रोतको कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।“जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो”, उनले भने, “दुर्गमका बस्ती, राज्यको सेवासुविधा नपुगेका जनतामा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।” देश निर्माणका लागि जनताले स्थानीय जनप्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएको नभुल्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले सुगम ठाउँ नगरपालिका र महानगरपालिका हुने भएकाले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर दुर्गमका गाउँपालिकामा यस्तो स्थिति नहुने बताउँदै स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र सङ्घीय सरकारप्रतिको पनि धारणा बनाउने भएकाले आफ्नो आचरणमा विशेष ख्याल गर्न आग्रह पनि गरे । भेटमा महासङ्घका प्रतिनिधिले स्थानीय तहले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top