कास्की अदालतको दुईवटा इजलास कक्षमा तोडफोड

८ चैत ७८, बुधबार

९ चैत्र, पोखरा ।
जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ ।

अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए ।

एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाइरहेको छ ।

बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् । चौबीसै घण्टा अदालतको मुख्य प्रवेशद्वारमा प्रहरी सुरक्षा हुन्छ ।

साथै अदालतको अगाडि नै वडा प्रहरी कार्यालय बैदाम रहेको छ । यस्तो कडा सुरक्षा घेराका बीच अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाका रूपमा लिइएको छ । कोठाभित्र ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top