प्रचण्डविरुद्ध हेडक्वार्टरमा मातृका यादवको लिखित उजुरी

८ चैत ७८, बुधबार

९ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले पूर्व जनमोर्चा समूहलाई धेरै भूमिका दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

यादवले लिखित रूपमै आफ्ना असन्तुष्टि पार्टीमा बुझाएका छन्। उनले पार्टीमा संघर्ष गरेका कार्यकर्तालाईभन्दा एकता प्रक्रियाबाट आएकालाई मौका दिएको भन्दै आपत्ती जनाएका हुन्। ‘मैले पार्टीमा उजुरी दिएको छु। के विषयमा दिएको छु भनेर भन्न मिल्दैन,’ उनले भने, ‘समसामयिक विषयमा उजुरी दिएको छु। यस विषयमा पार्टीमा छलफल होला।’

असन्तुष्टिकै कारण यादवले मंगलबार जनकपुरमा भएको पार्टी प्रशिक्षण कार्यक्रममासमेत सहभागी भएनन्। आफ्नो आवश्यकता नभएकाले प्रशिक्षणमा सहभागी नभएको उनले प्रतिक्रिया दिए।

जनमोर्चाबाट एकता प्रक्रियामा आएका गिरिराजमणि पोखरेल र विश्वनाथ साहलाई धेरै भूमिका दिएको तर ‘जनयुद्व’ मा सहभागी भएकालाई पाखा लगाउने काम गरेको उनको आरोप छ। केन्द्रीय समिति चयन र मधेसको सांगठनिक संरचनामासमेत पूर्व जनमोर्चालाई अगाडि बढाइको उनको गुनासो छ।

यादवले पार्टीमा जनयुद्व लडेका र नलडेका भन्दा पनि वरिष्ठता र खटाइको आधारमा भूमिका दिन माग गरेका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top