विराटनगर,साउन ३१
भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो ।
त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो । मधुमेहका बिरामी वाजपेयी गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए ।
भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी मिर्गौला र छातीको समस्याबाट पीडित थिए । वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका थिए । उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मान पनि गरिएको थियो ।