×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओली ज्ञानेन्द्रलाई भेट्न सुटुक्क जान्छन्ः माधव नेपाल

११ चैत्र २०७८

११ चैत्र, काठमाडौं ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् ।

Advertisement
Advertisement

ओली दक्षिणपन्थी हुन् राप्रपासँग मिल्दैछन्

अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे ।

तर आफूहरु भने बामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेस लगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उनको भनाई थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गरे ।

म कांग्रेसको निर्णय पर्खिरहेको छुः माधव नेपाल

त्यसका लागि कांग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए । उनले भने, ‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौं ।

अव पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं । हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं । चुनाव बैशाखको ३० गते नै हुन्छ । त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यक्ता छैन । त्यसकारण बैशाख ३० गते चुनावको तयारीमा अव सिंगो पार्टी लागेको छ । त्यही अनुसार हामीले कमिटी बनाईरहेका छौं ।

कमिटीलाई परिचालित गर्ने काम गरिरहेका छौं । पार्टीको कमिटी बन्यो भने त्यसैले शक्तिको परिचालन गर्छ । त्यसैले उम्मेदवारको छनौंटका लागि छलफल चलाउँछ । र, हामी आफ्नो तर्फबाट आफ्नै शक्ति र बुताले जित्न सक्ने कहाँकहाँ छ ? तर चुनाव हो । कहिले एक भोटले हारिन्छ । कहिले जितिन्छ ।

हाम्रो आरजुजीले भन्नु भएछ– म कैलालीबाट उठछु । त्यसका लागि गठबन्धन चाहिन्छ । गठबन्धनको पक्षमा छु भनेर उहाँले पनि भन्नु भयो । धन्यवाद छ उहाँलाई पनि । त्यसो हुनाले हामीसँग मेल खाने, मिल्ने, विचार मिल्नेसँग हातेमालो गर्दै जान्छौं । मोहन विक्रम सिंहको पार्टीले पनि हामीसँग मिलेर जाने प्रस्ताव राख्नु भएको छ ।

जनता समाजवादी पार्टीले पनि मिलेर जाने प्रस्ताव राख्नु भएको छ । माओवादी केन्द्रको पनि त्यस्तै प्रस्ताव छ । काँग्रेस भित्रको एउटा हिँस्साले पनि मिलेर जानुपर्छ भनेर प्रस्ताव राख्नु भएको छ । तर यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन । तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन ।

विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन । हामी बामपन्थी, लोकतान्त्रिक शक्ति हौं । लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुसँग मिलेर अघि बढछौं ।

तपाईहरु पनि पहिलो त आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गरेर आफ्नो हैसियत कायम राखेर अगाडि बढनोस् । हैसियत नभएकालाई कसैले पत्याउदैनन् । आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन् ।’

पार्टी प्रवेशको लहर देखेर वैरीहरु आत्तिए

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दावी समेत गरे ।

पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उनले बताए । अध्यक्ष नेपालले भने, ‘हिमाल होस्, पहाडहोस्, तराईँ । पूर्वहोस् वा पश्चिम । सबैतिर हाम्रो पार्टी फैलिँदै गईरहेको छ । हाम्रो पार्टीको विस्तार देखेर हाम्रा वैरीहरु आत्तिएका छन ।

आत्तिएर उनीहरुले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन । जव मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ । अनि बर्बराउने बेलामा के बोले, के बोलिन उसलाई होस् नै हुँदैन । बेहोसी अवस्थामा हुन्छ । यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन । विरोधीहरुले अनेकखाले भ्रमहरु पैदा गरेका हुन्छन ।

तपाईहरुले पनि ती भ्रमहरु, पैmल्याइएको कुप्रचारहरुको बारेमा जानकारी राखिरहनु भएको होला । हेक्का राख्नु भएको होला । एउटा प्रचार गरिएको थियो–कि प्रेम आलेमन्त्री, कृष्णकुमार श्रेष्ठ अर्का मन्त्री दुवै मध्यरातमा बालकोट पुगेर अव एमालेमा सहभागी हुने, एकीकृत समाजवादी परित्याग गर्ने भनेर समाचारमा सम्प्रेषित भयो ।

अनि कतिपय मानिसहरुलाई के हो कमरेड, फोनको घण्टी खाली त्यही कुरा बुझ्नका लागि बज्ने गर्दथ्यो । तर अव त्यो भ्रम पनि छैन । यस्ता कुप्रचारहरु गर्नका लागि खप्पिस भईसकेका तिनीहरुले हँुँदै नभएका कुराहरुको हल्ला मच्चाउने गर्दछन । त्यसमा कुनै सत्यता रहेको हुँदैन ।

अहिले सबै ठाउँमा पार्टी प्रवेशको पनि लहर चलिरहेको छ । अहिले भर्खर नेकपा एमाले परित्याग गरेका हाम्रा यसरी एमाले परित्याग गर्ने एउटा लहर चलेको छ । र हाम्रो पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको छ । सबै तहमा । कहिले कुनै जिल्लाबाट, कहिले कुनै अर्को जिल्लाबाट ।

अस्ती धादिङमा जाँदाखेरी भन्नु भयो–गल्छी नगरपालिकाले के घोषणा ग¥यो भने हामीलाई कसैले पनि पराजित गर्न सक्दैन । एक्लै आफ्नो शक्तिले हामी जित्न गईराखेका छौं । यति ६ महिनाको छोटो अवधि भित्र कुनै पनि पार्टी ले यत्रो विशाल आकार ग्रहण गर्न नसेको छैन ।

हामी दावाका साथ भन्छौं–६ महिनाको समय भित्र कुनै पनि पार्टीले यत्रो ठूलो आकार ग्रहण गर्न सकेको छैन । देशका ७७ वटै जिल्लामा फैलिएको हाम्रो पार्टीको संरचना ७ सय ५३ वटा पालिकाहरु मध्ये अधिकांश पालिकाहरुमा पार्टी कमिटी निर्माण भएको स्थिति अनि ६ हजार ७ सय ४३ वटा वडाहरु छन देशभर ।

ती वडाहरुको पनि अधिकांश वडाहरुमा कमिटी गठन भईसकेको यो अवस्था कति वटा पार्टीको होला ? तपाई हिसावकिताव गरेर भन्नुस् त ? त्यसो हुनाले हाम्रो पार्टीमा त्यो क्षमता छ । त्यो खुबी, त्यो आकर्षण छ । र, त्यो हैसियत छ । यो कसरी सम्भव भयो त ? सम्भव किन भयो भने पार्टीले सही विचार अगाडि सा¥यो ।

पार्टीले सही नीति अवलम्बन ग¥यो । हाम्रो पार्टीले क्रान्तिकारी विचार बोकेर ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि बताए ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top