×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी, झन्डै एक लाख मतदाता सूचीबाट हट्ने

१३ चैत्र २०७८

१३ चैत, काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनाव–२०७९ का लागि आज मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ ।

मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागेको अयोगले जनाएको छ ।

Advertisement
Advertisement

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसपालि झन्डै एक करोड ७८ लाख मतदाता रहनेछन् । दाबी विरोधपछि झन्डै एक लाख मतदाता सूचीबाट हटेका छन् ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । निर्वाचन आयोगले गएको फागुन १९ गतेदेखि एक हप्ताको म्याद राखेर मतदाता नामावली अद्यावधिक गर्न र त्रुटि भएमा सच्याउन भनेको थियो ।

नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका नामावली हटाइएको छ । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता थिए ।

गएको मङ्सिर र पुस महिनामा सञ्चालित मतदाता नामावली विशेष अभियानमा झन्डै १८ लाख जनाले नामावली दर्ता गराएका थिए ।

आयोगले माघ २४ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता कायम भएका १६ वर्ष उमेर पुुगेका नेपाली नागरिकमध्ये वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरिसकेको छ ।

Advertisement

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिँदा झन्डै दुई लाख मतदाता थपिँदै छन् । स्थानीय तह चुनावका लागि अब ४७ दिन बाँकी छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top