नेपाली सेनाको विभिन्न रिक्त प्राविधिक पदमा आवेदन माग

१३ चैत ७८, सोमबार

१४ चैत, काठमाडौँ । नेपाली सेनाले रिक्त रहेका विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ ।

Advertisement

लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित २९ अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको हो ।

उपसेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना र लेखा उपसेनानीका लागि ४० जना माग गरिएको छ ।

Advertisement

यस्तै सैनिक उपचारिका उपसेनानीमा १८ जना र कम्प्युटर प्राविधिक उपसेनानीमा १६ सहित २९ पदमा १ सय ९४ जनाको लागि आवेदन खुलेको हो ।

सबै पदमा आउँदो वैशाख १३ गतेसम्ममा अनलाइनबाट फारम भर्न सकिने नेपाली सेनाले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top