Nepal Times
Nepal Times
3
Shares

नेपाली सेनाको विभिन्न रिक्त प्राविधिक पदमा आवेदन माग

नेपाली सेनाको विभिन्न रिक्त प्राविधिक पदमा आवेदन माग

१४ चैत, काठमाडौँ । नेपाली सेनाले रिक्त रहेका विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ ।

लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित २९ अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको हो ।

उपसेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना र लेखा उपसेनानीका लागि ४० जना माग गरिएको छ ।

यस्तै सैनिक उपचारिका उपसेनानीमा १८ जना र कम्प्युटर प्राविधिक उपसेनानीमा १६ सहित २९ पदमा १ सय ९४ जनाको लागि आवेदन खुलेको हो ।

सबै पदमा आउँदो वैशाख १३ गतेसम्ममा अनलाइनबाट फारम भर्न सकिने नेपाली सेनाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.