बैंकहरुको औसत सीडी रेसियो ९१ प्रतिशतमाथि, निक्षेप संकलन र कर्जा लगानी बराबर

१३ चैत ७८, सोमबार

१४ चैत, काठमाडौँ । चैत दोस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन दयनीय देखिएको छ ।

बैंकर्स संघका अनुसार पछिल्लो साता २७ वाणिज्य बैंकको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत भन्दा माथि छ ।

नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश बैंकले सीडी रेसियोलाई सीमाभित्र कायम राख्न सकेका छैनन् ।

Advertisement

पछिल्लो एक सातामा बैंकको निक्षेप संकलन र कर्जा लगानी बराबर देखिएको छ । ४ चैतसम्म २७ वाणिज्य बैंकको निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ थियो ।

११ चैतसम्म निक्षेप जम्मा २ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि एक सातामा २ अर्ब रुपैयाँले नै बढेको छ ।

Advertisement

संघले दिएको जानकारी अनुसार ४ चैतमा ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप ११ चैतमा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

३० फागुनमा बैंकहरुमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानीमा थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top