×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

वनमा लागेको डढेलोको कारण तराईमा वायु प्रदूषण बढ्दो

१४ चैत्र २०७८

१४ चैत, सर्लाही । वनमा लागेको डढेलोको कारण तराईमा वायु प्रदूषण बढेको छ।

केही दिनदेखि सर्लाही, सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा पर्ने चारकोसे झाडी र चुरेक्षेत्रको वनमा लगातार लागेको डढेलोले प्रदूषण बढाएको हो ।

Advertisement
Advertisement

वन क्षेत्रमा लागेको डढेलो र त्यसबाट निस्केको धुवाँको मुस्लोले धेरैजसो ठाउँ ढाकेको छ ।

पिरो धुवाँ र खरानीको धुलोको कारण आँखा पोल्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

तीन हप्तादेखि लगातार लागेको डढेलोले मध्ये तराईमा पर्ने चारकोसे झाडीको राष्ट्रिय वन, साझेदारी वन, चक्कला वनका धेरैजसो क्षेत्र सखाप भएको छ ।

दिनभरि वनमा लागेको डढेलोको धुवाँले जङ्गल छेउको बस्ती ढाक्ने गरेको छ । सर्लाही खण्डमा पर्ने मुर्तिया, घुर्कौली, फूलजोड, बाँके र उत्तरी चुरेक्षेत्रका चुरे जङ्गलमा लगातार तीन हप्तादेखि ठूलो डढेलो लागिरहेको छ।

डढेलो नियन्त्रणका लागि पूर्व तयारी नहुँदा त्यसबाट वन, वन्यजन्तु, जैविक विविधता माथि नराम्रो असर पर्ने गरेको विज्ञको भनाइ छ।

डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालय र त्यस मातहत रहेका सबडिभिजन वन कार्यालयले खासै भूमिका निर्वाह गर्न नसक्दा वन जङ्गलमा बर्सेनि डढेलो लाग्ने गरेको छ ।

Advertisement
Advertisement

डढेलो नियन्त्रणका लागि विज्ञसहितको पूर्व तयारी, सावधानी र नागरिकमा चेतना नहुँदा प्रत्येक वर्ष यसरी नै सामुदायिक वन, साझेदारी वन, कबुलियत वनमा डढेलो लाग्ने गरेको सर्लाहीका सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top