Nepal Times
Nepal Times
3
Shares

कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीको आवेदन

कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकभन्दा तीन गुणा बढीको आवेदन

१५ चैत, सुर्खेत । कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि आवश्यकताभन्दा तीन गुणा बढीले आवेदन दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कर्णालीका १० जिल्लामा ७७१३ म्यादी प्रहरीको माग गरिएकोमा २१ हजार २५४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१६ हजार ८१८ जना पुरुष र ४४३६ जना महिलाले म्यादी प्रहरीका लागि दर्खास्त दिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

उनका अनुसार प्रदेशका १० वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट संकलन गरिएको दर्खास्तअनुसार सुर्खेतमा सबैभन्दा बढी ५ हजार १७२ जनाले आवेदन दिएका छन् । त्यस्तै सबैभन्दा कम हुम्लामा ५२४ जनाले आवेदन दिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा १२६१ जना म्यादी प्रहरीको माग गरिएकोमा ५१७२ जनाले आवेदन दिएका छन् । दैलेखमा ८९३ जना माग भएकोमा २६७३ जनाले आवेदन दिएका छन् ।

७८४ जना म्यादी प्रहरीको माग गरिएको जाजरकोटमा २०५६ जनाले आवेदन दिएका छन् भने रुकुम पश्चिममा ६७७ जना माग गरिएकोमा २०१० जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, सल्यानमा १०७३ म्यादी प्रहरीको माग गरिएकोमा ३४०८ जनाले आवेदन दिएका छन् । कालीकोटमा ८०४ जना माग गरिएकोमा १ ३४२ जनाले आवेदन दिएका छन् ।

७६८ म्यादी प्रहरीमा माग गरिएको जुम्लामा २२८५ जनाले आवेदन दिएका छन् । त्यस्तै ४६९ माग गरिएकोमा मुगुमा १०३७ जनाले आवेदन दिएका छन् ।

डोल्पामा ५६८ जनाको माग भएकोमा ७४७ जनाले आवेदन दिएका छन् । ४१६ जना माग गरिएको हुम्लामा ५२४ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.