Nepal Times
Nepal Times
3
Shares

देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना, तत्काल काठमाडौँको प्रदूषण नहट्ने

देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना, तत्काल काठमाडौँको प्रदूषण नहट्ने

१६ चैत, काठमाडौँ । आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म छ । कतै कतै हल्का पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

दिउँसो पनि काठमाण्डौसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । पर्सि शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ ।

यस्तै, तत्काल काठमाण्डौको प्रदूषण हट्ने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् । प्रदूषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने तर अहिले त्यस्तो नदेखिएको मौसमविद् मानन्धरले बताए ।

‘पानी नपरेसम्म धुम्म भएको मौसम खुल्दैन’ उनले भने, ‘वायुमण्डलमा थेग्रिएर बसेको प्रदूषण पखाल्नेगरी वर्षा गराउने प्रणाली भित्रिएको छैन ।’

काठमाण्डौको आज बिहान साढे ७ बजे एअर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सय ६२ रहेको छ । काठमाण्डौ प्रदूषित शहरको पाँचौ नम्बरमा छ । हिजो बिहान एक्यूआई १ सय ६१ रहेको थियो ।

त्यस्तै अस्ति दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।

काठमाण्डौसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर नै छ । सुक्खा मौसम भएकाले सबैतिरबाट धुलो धुँवा वायुमण्डलमा जम्मा भएको छ । सुक्खापन बढेकाले प्रदूषण अझै बढ्ने सम्भावना छ । अ

हिले केही जङगलमा डढेलो लागेको र फोहोर बाल्ने तथा आगलागीजन्य गतिविधिले पनि प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताए । नेपालसहित दक्षिण पूर्वि एसियामा डढेलो उच्च रहेकाले प्रदूषण बढेको विभागका प्रवक्ता पौडेलको भनाइ छ ।

वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसको व्यवस्थापनका सरकारले बनाएका कार्ययोजना कार्यान्वयन हुन सकेका छैनन् ।

सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि केही वर्ष अगाडि नै कार्ययोजना बनाएको थियो । तर व्यावहारिक रुपमा कार्यान्वयन गर्न कठिनाई भएकाले प्रदूषणमा कमी आउन नसकेको विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.