×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

जुम्लामा ४२ हजार ४२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

१६ चैत्र २०७८

१६ चैत, जुम्ला । जुम्लामा टाइफाइड रोग विरुद्धको खोप अभियान शुरु हुँदै छ । आगामी चैत २५ देखि २०७९ को बैशाख ७ गते सम्म जुम्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाका सबै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने छ ।

Advertisement
Advertisement

उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

पूर्ण खोपको सुनिश्चतता गर्न तथा खोप कभरेज ९५ प्रतिशत पुर्याउन जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।

Advertisement
Advertisement

जुम्ला प्रदेश ‘ख’मा चैत २५ देखि ३० र प्रदेश ‘क’मा २०७९ बैशाख २ देखि ७ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top