एजेन्सी, भदौ १
बेल्जियमका सर्वा्धिक गोलकर्ता रोमेलु लुकाकुले सन् २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएका खुलेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा बेल्जियमका स्ट्राइकार लुकाकुले एक अन्र्तवार्ताका क्रममा २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएको बताएका हुन् ।
उनले सन् २०२२ मा हुने कतार विश्वकपमा पनि आफु सहभागी नहुने बताएका हुन् । लुकाकु बेल्जियमका सर्वा्धिक गोलकर्ता हुन् । उनले बेल्जियमको राष्ट्रिय टिमबाट ७५ खेलमा ४० गोल गर्न सफल भएका छन् । रसिया विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पु¥याउन लुकाकुले उच्च प्रदर्शन गरेका थिए ।