×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

निर्वाचन आयोगले दलहरुलाई दियो ६० बुँदे निर्देशन

२२ चैत्र २०७८

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय चुनावका लागि जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि मंगलबार बोलाएर दलहरूलाई आयोगले उक्त निर्देशन दिएको हो ।

आयोगले दिएको निर्देशनमा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने उल्लेख छ । त्यस्तै सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने पनि जनाइएको छ ।

Advertisement

आयोगले भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन पनि रोक लगाएको छ । त्यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागिबाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने पनि उक्त निर्देशनमा उल्लेख छ ।

आयोगले दलहरुलाई दिएको निर्देशन :

१. निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानून बमोजिम निर्वाचनको प्रचार प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्‍याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक वहिष्कार गर्ने वा सामाजिक वहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने,

२. निर्वाचनको अवधि भित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र वकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने,

३. निर्वाचन प्रचार प्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्‍याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्बेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने,

४. निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेद्वार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्कि दिन नहुने,

५. निर्वाचनको प्रचार प्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख भए बमोजिम पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नाम सहितको पर्चा वितरण गर्न वाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि वाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने,

६. मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेद्वार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नारावाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन नहुने,

७. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी याली गर्न वा गराउन नहुने,

८. निर्वाचन प्रचार प्रसारको सिलसिलामा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने,

९. निर्वाचन प्रचार प्रसारमा प्रचलित सङ्घीय कानून विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने,

१०. उम्मेद्वारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च गर्न नहुने,

११. पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट प्राप्त गर्न नहुने,

१२. आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने,

१३. निर्वाचन प्रचार प्रसारमा खर्च गर्दा आफ्नो निर्वाचन प्रतिनिधि मार्फत मात्र खर्च गर्ने र आयोगले तोकेको निर्वाचन खर्चको हदभन्दा बढी खर्च गर्न वा गराउन नहुने,

१४. निर्वाचन प्रचार प्रसार अभियानमा प्रचलित सङघीय कानून वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारवाही गर्न वा गराउनका लागि कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन नहुने,

१५. निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउने,

१६. जुलुस वा आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेद्वारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने,

१७. जुलुस, आमसभा, कोणसभा, वैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,

१८. दलको झण्डा वा दल वा उम्मेद्वारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने,

१९. कुनै राजनीतिक दल वा उम्मेद्वारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने,

२०. राजनीतिक दल वा उम्मेद्वारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेद्वारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेद्वारले प्रयोग गर्न वा गराउन नहुने,

२१. उम्मेदवारी दिँदा झुट्टा विवरण वा कागजात संलग्न गरी मनोनयन पत्र पेश गर्न वा गर्न लगाउन नहुने,

२२. निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुटन, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन नहुने,

२३. मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, विगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृति विना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने,

२४. निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचन सम्बन्धी कुनै विवरण, सूचना, सुची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले विगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन नहुने,

२५. मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिन्ह वा सङकेत मेटन, केर्न, सच्याउन, कीर्ते गर्न, विगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पुर्‍याउन वा दुरूपयोग गर्न वा गराउन नहुने,

२६. नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न वा मतपत्र खरिद बिक्रि गर्न नहुने,

२७. कसैलाई नगद, जिन्सि, सेवा दिई वा दिन मञ्जुर गरी वा कुनै किसिमको लोभ देखाइ वा कुनै किसिमको डर, त्रास, धाक वा धम्की दिन वा कुनै किसिमको बल प्रयोग गरी वा नगरी गैरकानूनी तवरले मतदान गर्नको लागि कसैबाट मतपत्र प्राप्त गर्न वा गराउन नहुने,

२८. प्रचलित संघीय कानून वमोजिम मत दिन पाउने अधिकार विना कुनै निर्वाचनमा मतदान गर्ने, अर्को मतदाताको मतपत्र बुझिलिने वा अर्काको नामबाट मतदान गर्न वा एउटै निर्वाचनका लागि एक भन्दा बढी मतदान गर्न, मतपत्रमा मत सङकेत गरिसके पछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङकेत गर्ने स्थलमा मत सङकेत नगरी त्यस भन्दा बाहिर गई मत सङकेत गर्न वा मतसङकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न मतपत्र बाहेक अन्य कुनै वस्तु मतपेटिका भित्र खसाल्न वा राख्न प्रचलित संघीय कानून वा आयोगले तोकेको प्रकृया उल्लङघन गर्न र मतदाताले मतदान गरी मतपेटिका भित्र खसालेको मतपत्र विगार्न वा नष्ट गर्न वा मतपत्र विगार्न वा नष्ट गराउने कुनै वस्तु वा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्न नहुने आदि विषयहरूमा मतदाताहरूलाई सूचित गर्ने र यस्तो कार्य कहि कतै बाट हुन नदिने।

२९. मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौडाँ वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन नहुने,

३०. मतदानको दिन मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने,

३१. उम्मेद्वार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न र मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने,

३२. निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुटन, विगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमति विना मतगणना स्थलबाट अन्यत्र लैजान नहुने,

३३. मतदान केन्द्र वा मतगणना स्थल र त्यसको वरिपरि कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँडन प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन नहुने,

३४. मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनु भन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउण्ड सिस्टम वा यस्तै अन्य

कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण विथोल्ने कार्य गर्न वा गराउन नहुने,

३५. जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने,

३६. स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने,

३७. जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने,

३८. कुनै राजनीतिक दल, उम्मेद्वार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने,

३९. एकभन्दा बढी राजनीतिक दल, उम्मेद्वार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने,

४०. प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने,

४१. घर धनीको अनुमति नलिई निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने,

४२. विभिन्न क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने,

४३. निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने,

४४. उम्मेद्वारको कार्यालयमा तुलको कपडामा बनाईएको घ−घ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने,

४५. कुनै पनि उम्मेद्वारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेद्वारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने,

४६. अनलाइन वेब पेज, टिभी स्क्रोलिङ्, सपिङ् मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेद्वारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन नहुने,

४७. कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी याली आयोजना गर्न वा प्रचार प्रसार गराउन नहुने,

४८. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचार प्रसार गर्न गराउन नहुने,

४९. कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न गराउन तथा कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार प्रसार गर्न वा मत माग्न नहुने,

५०. निर्वाचन अधिकृतको अनुमति लिई उम्मेद्वार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेद्वार भएको स्थानमा बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग बाहेक अन्य सवारी साधन र घोडा प्रयोग गर्न नहुने,

५१. सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र नलिई प्रयोग गर्न नहुने,

५२. राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च ह् ७ इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा भन्दा बढी प्रचार सामग्री छपाउन नहुने,

५३. स्थानीय तह सदस्यको निर्वाचनमा भाग लिने उम्मेद्वारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा एक मिनेट बाहेक प्रसारण गराउन नहुने,

५४. मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेद्वारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने,

५५. मौन अवधिमा कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,

५६. मौन अवधिमा सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने,

५७. मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेद्वारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन वा कुनै राजनीतिक दल वा उम्मेद्वारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने,

५८. निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन बाहेक अन्य कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने,

५९. उम्मेद्वार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने,

६०. आचारसंहिता हुने विपरित हुने गरी कुनै पनि दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै पनि संघ, संस्था, व्यक्ति वा निकायले प्रयोजन गरी वा नगरी कुनै आम संचार माध्यम वा सामाजिक सञ्जाल वा यस्तै माध्यमको प्रयोग गरी कुनै लेख, रचना, अन्तर्वार्ता, जीवनी, सन्देश, सूचना, विज्ञप्ति वा यस्तै प्रकृतिका सामाग्री छाप्न, छपाउन वा प्रकाशन, प्रशारण र वितरण गर्न गराउन नहुने ।

उपरोक्त बमोजिमका प्रचलित निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था र निर्वाचन आचारसंहिता, २०७८ को कार्यान्वयनमा सहयोग, सहजीकरण र समन्वयको लागि देहाय बमोजिम गर्ने गराउनेः–

(क) राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, वैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम संचालन गर्दा राखिएका दलका झण्डा, चिन्ह वा अन्य प्रचार प्रसार सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने कुनै कार्यहरू भै रहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्ने,

(ख) निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०७८ का व्यवस्था समेतको आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम दिएको आदेश कार्यान्वयनको लागि आफ्ना मातहत समिति, भातृ संगठनहरू र उम्मेद्वारहरूलाई निर्देशन दिने,

(ग) निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि गठित विभिन्न समितिहरूमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय वैठकहरूमा आमन्त्रण गरिएको बखत सहभागी हुने,

(घ) निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था एवम् निर्वाचन आचारसंहिता, २०७८ को कहि कतैबाट उल्लंघन गरेको पाइएमा लिखित वा मौखिक वा सामाजिक संजाल वा विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने,

(ङ) राजनीतिक दलहरूले आफ्नो पचार प्रसार गर्दा निर्वाचन आचारसंहिता, २०७८ एवम् प्रचलित निर्वाचन कानूनमा हरेक नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयहरू बारे समेत जानकारी गराई जनस्तर बाटै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनको वातावरण तयार गर्न सहयोग गर्ने ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top