काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयविरुद्ध खरो रूपमा उत्रिएका छन् ।
आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे ।
‘हिजोमात्रै हामीले देख्यौं । थुनुनाभरी रौँ भएको मुसाले धान खायो, यौटै रौँ नभएको मुसालाई कारबाही भयो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान आयो । उसैले रौँ नभएकोलाई कारबाही भयो,’ उनले भने,‘राष्ट्रबैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।’
त्यसपछि छानविन गर्न बनाइएको समितिमा पनि माओवादी केन्द्रको छाँया रहेको अध्यक्ष ओलीले बताए । ‘माओवादीले नियसक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानविन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे ।’ उनले अगाडि भने ।
