Nepal Times
Nepal Times
3
Shares

आईपीएलमा बैंगलोरको तेस्रो जित

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । बैंगलोरको जितमा ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको  मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेकाे थियाे । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर  ईशान किशन र रोहित शर्माले समान २६ रन बनाए ।

बैंगलोरका हर्षल पटेल र  बानिन्दु हसरंगाले समान  २ विकेट लिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.