विराटनग, २७ चैत । नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले आफ्नो पहिलो शाखा सुनसरीको इनरुवामा विस्तार गरेको छ । एक कार्यक्रमकाबिच नासाले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो ।
विराटनगरलाई केन्द्र बनाएर विभिन्न क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा सेवाग्राहीको सहजताका लागि शाखा संचालनमा ल्याइएको नासा ईन्भेष्टमेन्ट प्रा.लि. का प्रमुख अरबिन्द मेहेताले जानकारी दिए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पुर्व कार्यकारी अधिकृत चन्द्र सिंह साउत र जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले रिवन काटेर शाखाको संयुक्तरुपमा उद्घाटन गरे ।
शाखा कार्यालयको उदघाटनसँगै आखा, कान नाक घाटी स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको छ । उद्घटनका अवसरमा सांस्कृतीक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
सो अबसरमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहेको थियो । बरिष्ठ गायक रामा मण्डल, गायक प्रितम आचार्य, नितिन गजुरेल, प्रवालादीप विश्वाश र प्रकाश अनुरागले प्रस्तुति दिएका थिए ।
गायक रामा मण्डलले एक हजार भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । भारतीय जी टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो सारेगामपा लिटिल च्याम्सबाट देश तथा बिदेशमा ख्याती कमाएका गायक प्रीतम आचार्यले आफ्नो प्रस्तुति दिएर दर्शकको मन जितेका थिए ।
कार्यक्रममा गायक प्रवलदिप विश्वासले आफ्ना चर्चित मैथिली तथा नेपाली गीत गाएका थिए । नितिन गजुरेलले आफ्नो नयाँ तथा पुराना गीतहरु गाएका थिए । प्रकाश अनुरागले पनि आफ्नो दमदार प्रस्तुतीले दर्शकको मन जितेका थिए ।
कार्यक्रममा इन्जिनियर कमलेश्वर ठाकुर, वान प्रदेश १ का कोषाध्यक्ष तथा रेडियो नागरिकका संचालक अरबिन्द मेहेता, नासा ईन्भेष्टमेन्ट प्रा.लि. का सल्लाहकार रंजय मेहेता लगायतको उपस्थिति रहेको थियो । नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले आफ्नो दोस्रो शाखा सुनसरीको देवानगञ्जमा उद्घाटन गर्ने जनाइएको छ ।
