आईपीएलमा आजः कोलकत्ता र दिल्ली क्यापिटल्स तथा राजस्थान र लखनउ खेल्दै

आईपीएलमा आजः कोलकत्ता र दिल्ली क्यापिटल्स तथा राजस्थान र लखनउ खेल्दै

२७ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा शीर्षस्थानको कोलकत्ता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्नेछन् ।

खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुनेछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल मुम्बईको वानखडे मैदानमा हुनेछ । आईपीएलमा नवप्रवेशी टोली लखनउ चार खेल खेलेकामा तीनमा जितसहित चौथो स्थानमा छ ।

यस्तै राजस्थान तीन खेलमा दुई जितसहित पाँचौँ स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.