नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित

नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित

२७ चैत, काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा आज आइतबार नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको हो ।

उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक-एक गोल गरे । यस्तै, नेपालका लागि मणि लामाले एक गोल गरे ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तान र मंगलबार अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.