Nepal Times
Nepal Times
3
Shares

ओखलढुंगामा जीप दुर्घटनाः २ जना प्रहरीको मृत्यु, ७ जना घाइते

ओखलढुंगामा जीप दुर्घटनाः २ जना प्रहरीको मृत्यु, ७ जना घाइते

३० चैत, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जना प्रहरीको ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

घाइते भएका ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताउनु भएको छ ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.