Nepal Times
Nepal Times
3
Shares

कंगोमा विद्रोहीको आक्रमणमा परी ज्यान गुमाएका नेपाली सैनिकको शव नेपाल ल्याइयो

कंगोमा विद्रोहीको आक्रमणमा परी ज्यान गुमाएका नेपाली सैनिकको शव नेपाल ल्याइयो

३० चैत, काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको शव नेपाल ल्याइएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ ।

छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले सैनिक गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाएका छन् ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्‍जली अर्पण गरे भने संयुक्त राष्ट्रसंघको तर्फबाट रिचर्ड हवार्डले पार्थिव शरीरमा यूएनको झण्डा ओढाएर सम्मान गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.