चाैतर्फी विराेधपछि माओवादीले चुनावी प्रचार सामग्रीबाट कुलमानकाे तस्वीर हटायाे

२९ चैत ७८, बुधबार

काठमाडौं, ३० चैत ।नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे तस्वीर प्रयाेग गरिएकाे चुनावी प्रचार सामग्री हटाएकाे छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चाैतर्फी आलाेचना भएकाे थियाे ।

घिसिङले समेत आफूलाई कुनै जानकारी नदिएर तस्वीर दुरुपयाेग गरेकाे भन्दै आपत्ति जनाएपछि प्रचण्डकाे फेसबुक पेजबाट उक्त सामग्री हटाइएकाे छ । घिसिङले चुनावी प्रचार सामग्रीबाट आफ्नो तस्वीर हटाउन मा‌ओवादी केन्द्रलाई आग्रह गरेका थिए ।

प्रचण्डकाे फेसबुक पेजबाट सार्वजनिक भएकाे पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखिएको थियाे । अहिले उक्त पाेष्टबाट तस्वीर हटाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top