काठमाडौं, ६ वैशाख । नेपालकाे सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख २ हजार १ सय पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९ सय ७४ डलर आसपास कारोबार भइरहेको छ ।
