नेश्लेको ‘माइलो’ इनर्जी ड्रिंक पिउदा विद्यार्थीलाई स्वास्थ्य समस्या

विराटनगर,भदौ २
भारतको नेश्ले इण्डिया कम्पनीले उत्पादन गरेको ‘माइलो’ इनर्जी ड्रिंक पिउदा विराटनगरको एक स्कुलका दर्जन बढी विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । इनर्जी ड्रिंक पिएका कयौं विद्यार्थीमा वान्ता र बेहोस हुने समस्या देखिएको छ ।

विराटनगरको वडानम्बर २ स्थित बूढानिलकण्ठ सेकेण्डरी इंगलिस स्कुलमा सो कम्पनीको उत्पादनको प्रचार गर्न पुगेका प्रतिनिधिले दिएको माइलो इनर्जी ङि«क पिउदा विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएको हो । विद्यालयले ब्राण्ड प्रमोशनका लागि छुट्याइदिएको टिफिन टाईमको समयमा सो कम्पनीका प्रतिनिधि र डिलरले दिएको माइलो पिउने वित्तिकै विद्यार्थी बालबालिकाले वान्ता गर्नुका साथै बेहोस भएका थिए ।

Advertisement

विराटनगर २ का अभिभावक सुभाषकुमार साहले इनर्जी ड्रिंक पिएपछि आफ्नो छोरी बेहोस भएको बताए । उनले डेढ दर्जन बढी विद्यार्थीमा सोहि प्रकारको समस्या देखिएको बताएका छन । विराटनगर २ कै शान्ति तिम्सिनाले विद्यालयलाई कम्पनीहरुले प्रयोगशालास्थल बनाउन नहुने बताएकी छिन । विद्यार्थीले बान्ता गर्दै बेहोस हुनलागेको खबर पाएर आत्तिदै स्कुल पुगेका अभिभावकले आ–आफ्ना बालबालिकालाई उपचार गर्न भन्दै विराटनगरकै विराट अस्पताल लिएर गएका थिए ।

Advertisement

घटनाको सुचना पाएर पुगेको प्रहरीले नेश्ले इण्डियाका विराटनगर डिलर महेन्द्रकुमार अग्रवाललाई नियन्त्रणमा लिएको छ । अग्रवालले विद्यार्थी बालबालिकाले खाली पेटमा जुस पिएका कारण समस्या देखिएको हुनसक्ने दाबी गरेका छन । यता बुढा निलकण्ठ सेकेण्डरी इंगलिस स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले इनर्जी ड्रिंक पिएका केहि विद्यार्थीमा वान्ता गर्ने समस्या देखिएपनि कुनैपनि विद्यार्थी बेहोस नभएको दाबी गरेका छन ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top