ललितपुर विस्फोट घटनाकाे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

७ बैशाख ७९, बिहीबार

काठमाडौं, ८ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विस्फाेटकाे छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विस्फाेटमा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा लगिसकिएकाे प्रजिअ उपाध्यायले बताए ।

अक्सिजन भर्ने क्रममा एक्कासि विस्फाेट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top