दाङको मस्जिदमा दुई पक्षबीच झडप

८ बैशाख ७९, शुक्रबार

दाङ, ९ वैशाख । दाङको एक मस्जिदमा दुई पक्षबीच झडप भएको छ । झपडको क्रममा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झपड भएको हो ।

झपडको क्रममा पाँच जना घाइते भएको र उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

‘मौलानाहरूबीच नै सामान्य विवाद भएको हो । यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,’ एसपी काफ्लेले बताए ।

Advertisement

झपडमा परी घाइते भएकमा पाँचैजना आफैं उपचार गर्ने भन्दै बुटवलतिर लागेका छन् । दाङमा प्राथमिक उपचारपछि उनीहरू आ आफैं उपचार गराउने भनेर बुटवलतिर लागेको उनको भनाइ छ । अहिले अवस्थामा सामान्य भइसकेको उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top