एमालेको घोषणापत्रका ६ संकल्प : भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

९ बैशाख ७९, शनिबार

काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्नेछ।

Advertisement

ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने पनि एमालेको घोषणापत्रमा छ। विद्युतीय सवारीसाधनलगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ।

‘निरोगी नेपाल, स्वस्थ्य नेपाली’
एमाले स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै निरोगी नेपाल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। गम्भीर रोगको पूर्वपरीक्षण ‘स्क्रिनिङ’ र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक नागरिकको अनिवार्य बिमा गर्ने ज्येष्ठ नागरिक, विपन्त दलित, एकल महिला र अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा निःशुल्क गर्ने बताएको छ।

Advertisement

स्वच्छ खानेपानी स् सफा बस्ती र राम्रो आनीबानी
प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने जनाएको छ। एक घर एक धारालाई अभियानअन्तर्गत दुई वर्षभित्र सबै नागरिकलाई खानेपानी सुलभ आपूर्तिको सुनिश्चितता गर्ने घोषणापत्रमा उल्लेख छ। सार्वजनिक क्षेत्रमा शौचालय र ४० माइक्रोनभन्दा मुनिको प्लास्टिकको प्रयोग पूर्णरूपमा निषेध गर्ने प्रतिबद्धता पनि एमालेको छ।

आधुनिक ऊर्जा : उज्यालो पालिका
विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आयवृद्धि र पर्यावरणको संरक्षण गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक नागरिक विद्युत् सुविधा उपलब्ध गराउने र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने एमालेले जनाएको छ।

Advertisement

सिँचाइको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिबद्धता एमालेको छ। रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ।

विकसित पालिका, संरक्षित आवास
प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेको छ। सकुुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या सदाका लागि समाधान गर्ने एमालेको प्रतिबद्धता छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top