उमेश यादवले गरे विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

१० बैशाख ७९, आइतबार

विराटनगर, ११ वैशाख । विराटनगर महनगरको मेयरका लागि उमेश यादवले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार जसपा परित्याग गरेको घोषणा गरेका यादवले आइतबार विराटनगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

आईतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै महानगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७४ सालको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई यादव तेस्रो भएका थिए । यादव जसपाका प्रभावशाली नेता हुन् । उनको विराटनगरमा बलियो पकड छ । स्वतन्त्र उम्मेदवारी दिएसँगै सत्तारुढ कांग्रेस र जसपाको भोट काटिने निश्चीतप्रायः छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top