विराटनगर,भदौ २
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका बिषयमा जनमत संग्रह गराइनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुराकानी गर्दे कोइरालाले पार्टीहरुको हस्तक्षेप बिनाको जनमत संग्रहबाट आउने कुरा सबैलाई मान्य हुनुपर्ने पनि बताए ।
संघीयताको विकल्प नरहेको बताउदै महामन्त्री कोइरालाले संघीयतालाई ब्यवस्थित गर्ने कुरामा सबैपक्ष जिम्मेबार हुनुपर्ने बताए । कर बढाएर जनतालाई दुखदिने कुरा कांग्रेसलाई स्वीकार्य नरहेको उनले बताए । केन्द्र र स्थानीयस्तरमा थप गरिएको कर अविलम्ब हटाउनुपर्ने उनले बताए ।
उनले कर बढाइएका कारण मंहगी बढेको भन्दै जनतालाई अफ्ठ्यारो बनाउने कुरा उचित नभएको धारणा राखे । नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुमा समेत कर बढाइएको सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले कर बढाउन नहुने बिषय नेपाली कांग्रेसको बटम लाइन रहेको जानकारी दिंदै बढाइएको कर अविलम्ब घटाउनुपर्ने बताए ।