×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काभ्रेका ३ वटा वडामा १ मतले हारजित

२ जेष्ठ २०७९

२ जेठ, काठमाडौं । काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक÷एक मत अन्तरले हारजित भएको छ ।

Advertisement
Advertisement

रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १र१ का हुन् र फरक–फरक तीन पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले०का उम्मेदवार हुन् ।

काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सुशिल लामा एक मत अन्तरले विजयी भए ।

लामाले ४०२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु आलेले ४०१ मत प्राप्त गरी पराजित भएका थिए ।

त्यसैगरी खानीखोला गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ एक मत अन्तरले विजयी भएका छन् ।

थिङले ५४८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार आसाराम गोलेले ५४७ मत प्राप्त गरी पराजित भएका छन् ।

दुई पटक मत गणना ः सुरुमा विजयी, पछि पराजित

तेमाल गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार इन्द्र अधिकारी एक मत अन्तरले विजयी भएका छन् ।

अधिकारीले ५३१ मत प्राप्त गरी विजयी भएका हुँदा उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङले ५३० मत प्राप्त गरी पराजित भएका छन् ।

Advertisement

उक्त वडामा दुई पटक मत गणना भएको थियो । पहिलो पटक मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङ २ मत अन्तरले विजयी भएका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top