२ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन ।
आचार्यले ४ हजार ९ सय ५ मतसहित अग्रता लिइरहेका छन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४ हजार ४ सय ५९ मत पाएका हून ।
यस्तै उपाध्यक्षमा एमालेकी मञ्जु गुरुङले अग्रता कायमै राखेका छन ।
गुरुङले ५ हजार ५४ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४ हजार ९ सय ५२ मत प्राप्त गरेकिछिन ।