मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

८ जेठ ,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित भएको छ ।

Advertisement

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम प्रतिस्पर्धी भन्दा चार हजार दुई सय ८१ मतले अगाडि छन।

लौरो चुनाव चिह्न लिनुभएका स्वतन्त्र उम्मेदवार साङपाङले १९ हजार पाँच सय ९७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार तीन सय १६ मत प्राप्त गरेका छन ।

Advertisement

२० वडामध्ये १९ वडाको गणना भइसकेको छ । अहिले १७ नम्बर वडाको गणना भइहरेको छ । यस्तै धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा अगाडि छन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top