Nepal Times
Nepal Times
3
Shares

मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

८ जेठ ,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित भएको छ ।

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम प्रतिस्पर्धी भन्दा चार हजार दुई सय ८१ मतले अगाडि छन।

लौरो चुनाव चिह्न लिनुभएका स्वतन्त्र उम्मेदवार साङपाङले १९ हजार पाँच सय ९७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार तीन सय १६ मत प्राप्त गरेका छन ।

२० वडामध्ये १९ वडाको गणना भइसकेको छ । अहिले १७ नम्बर वडाको गणना भइहरेको छ । यस्तै धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा अगाडि छन।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.