रुपन्देहीमा बस दुर्घटनाः नौ जनाको मृत्यु, घाइतेको उपचारमा ध्यान दिन गृहको निर्देशन

२२ जेष्ठ, रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा भएको बस दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिन्टेन्डेण्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान रोहिणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गत रोहिणी पुलमा जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा नौ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा एक महिला र आठ पुरुष रहेका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

उनका अनुसार ज्यान गुमाएकामध्ये पाँच जनाको परिचय खुलेको छ । परिचय खुलेका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालीकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा रहेका छन् । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top