केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

५ असार, काठमाडौँ । रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो गएको छ ।

पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने अनुमान गरिएको छ ।

बर्खामा मनसुनको जलवाष्पयुक्त हावाका कारण रातको समयमा बादल बन्न सजिलो हुने भएकाले रातभरी पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिए । आज पनि बिहान र दिउँसोको समयमा चर्को घाम लाग्ने र राति पानी पर्ने सम्भावना रहेको उनले बताए ।

राति पानी पर्ने भएकाले भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो भएर सुत्न मौसमविद्को आग्रह छ । सकेसम्म पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ।

यस्तै, आज मनसुन सक्रिय रहेको चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश–१ सहित लुम्बिनी र सुदूरपश्चिममा पनि पानी पर्ने अनुमान गरिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय छैन । तर मनसुनको आंशिक प्रभाव र त्यहाँ विकसित भएका स्थानीय वायुको प्रणालीका कारण आज त्यस क्षेत्रमा पनि पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top